Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, मंसिर २१ । आशा लघुवित्त वित्तीय संस्थाले शेयर बिक्री गर्ने भएको छ। संस्थाको संस्थापक समूहको २ लाख ७५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरका हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। यो समयावधिभित्र संस्थापक शेयरधनीहरुले काभ्रेको साँगास्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

सम्बन्धित समाचार