Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

गौसले प्रहार गरे एनपिएलको पहिलो शतक, पोखरासँग १० विकेटले हार्‍यो लुम्बिनी

गौसले प्रहार गरे एनपिएलको पहिलो शतक, पोखरासँग १० विकेटले हार्‍यो लुम्बिनी

अर्थ प्लस
गौसले प्रहार गरे एनपिएलको पहिलो शतक, पोखरासँग १० विकेटले हार्‍यो लुम्बिनी

काठमाडौँ, मंसिर २१ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ ।

सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो ।

पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपीएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनी ५९ बलमा ९५ रनमा आउट भए । उनले चौथो विकेटका लागि टम मुर्ससँग शतकीय साझेदारी गरेका थिए । मुर्स ४५ रनमा आउट भए ।

लुम्बिनीका दुई ओपनर शुन्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिएको थियो ।

लुम्बिनीको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

सम्बन्धित समाचार