Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, सामान्य परिवर्तन

आजको फलफूल तथा तरकारीको बजार मूल्य, सामान्य परिवर्तन

अर्थ प्लस
आजको फलफूल तथा तरकारीको बजार मूल्य, सामान्य परिवर्तन

काठमाडौं, मंसिर २३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ।  

यसैगरी आलु रातोको ६५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ७० रुपैयाँ कायम भएको  छ ।  यसैगरी कन्य च्याउ २००,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ३० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५रुपैयाँ रहेको छ । 

त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ । 

सम्बन्धित समाचार