Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

प्रधानमन्त्री ओलीविरुद्ध झापामा विरोध प्रदर्शन, एक जना पक्राउ

प्रधानमन्त्री ओलीविरुद्ध झापामा विरोध प्रदर्शन, एक जना पक्राउ

अर्थ प्लस
प्रधानमन्त्री ओलीविरुद्ध झापामा विरोध प्रदर्शन, एक जना पक्राउ

झापा, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओली व्यावसायिक कम्प्लेक्स ( बिजिनेश टावर) उद्घाटनको उद्घाटन गर्न गृहजिल्ला झापा पुगेका छन्। सोहि क्रममा प्रधानमन्त्री ओलीको विरोध गर्ने एक जना रास्वपा कार्यकर्ता पक्राउ परेका छन्।

आइतबार झापाको मेचीनगर ७ इँटाभट्टामा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गरेका हुन्।

प्रदर्शनकारी ‘केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद जस्ता नाराहरु लगाएर उनीहरूले बिरोध प्रदर्शन गरेका हुन्।

बिरोध प्रदर्शन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई प्रहरीले पक्राउ गरेको छ उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएकोछ।

सम्बन्धित समाचार