Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज तीन ओटा प्रदेशमा बर्षा र पाँच ओटा प्रदेशमा हिमपातको सम्भावना, चिसो बढ्ने

आज तीन ओटा प्रदेशमा बर्षा र पाँच ओटा प्रदेशमा हिमपातको सम्भावना, चिसो बढ्ने

अर्थ प्लस
आज तीन ओटा प्रदेशमा बर्षा र पाँच ओटा प्रदेशमा हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ, मंसिर २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहि र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

मध्य र पूर्वी तराईका धेरै भूभागमा हुस्सु र थोरै भूभागमा कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का बर्षा पनि भइरहेको छ। आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा  गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

मङ्गलबार कोशी प्रदेशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । बुधबार कोशी प्रदेशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

बर्षा र हिमपात हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार