Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सिटिजन्स बैंकको अगुवाईमा ४१ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन

सिटिजन्स बैंकको अगुवाईमा ४१ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन

अर्थ प्लस
सिटिजन्स बैंकको अगुवाईमा ४१ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन

काठमाडौं, मंसिर २५ । सिटिजन्स बैंक इन्टरनेसनल लि.को अगुवाईमा एभरेष्ट बैंक लि., नेपाल एस.बि.आइ बैंक लि. र सानिमा बैँक लि. सहित ४ बैँकहरुले रु. ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ ।

मंसिर २४ गते सोमबार दिन प्रवर्द्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजनामा सिटिजन्स बैंकको अगुवाईमा एभरेष्ट , नेपाल एसबीआइ र सानिमा बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।

उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ । परियोजनाको अनुमानित लागत करीब ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् ।

यसमध्ये सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआइ बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड लगानी गर्नेछन् भने २५५ स्वपुँजी प्रवद्धकहरुबाट जुटाइने छ ।

परियोजना आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेसनमा जोडिने छ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी वार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

सम्बन्धित समाचार