Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा मंसिर २८ गते

फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा मंसिर २८ गते

अर्थ प्लस
फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा मंसिर २८ गते

काठमाडौं, मंसिर २६ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा मंसिर २८ गते बस्दै छ। 

सभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ।

लघुवित्तले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ। यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १४ गते बुक क्लोज गरिसकेकोले मंसिर १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सम्बन्धित समाचार