Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको फलफूल तथा तरकारीको मूल्यः घट्यो आलु, प्याज, गोलभेडा, बन्दादेखि गाजरसम्मको भाउ

आजको फलफूल तथा तरकारीको मूल्यः घट्यो आलु, प्याज, गोलभेडा, बन्दादेखि गाजरसम्मको भाउ

अर्थ प्लस
आजको फलफूल तथा तरकारीको मूल्यः घट्यो आलु, प्याज, गोलभेडा, बन्दादेखि गाजरसम्मको भाउ

काठमाडौं , मंसिर २७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ९२ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६१, आलु सेतोको ५८, लोकल बन्दाको मुल्य ४५, काउली स्थानीयको ५० रुपैयाँ कायम भएको  छ । 

यसैगरी, कन्य च्याउ १७०, कुरीलो १ हजार, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला ११० रुपैयाँ, तितो करेला ८० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५ रुपैयाँ रहेको छ । 

त्यस्तै, लोकल गाजर ९० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, लौका ४०, घिरौला ८० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६० रहेको छ ।

सम्बन्धित समाचार