Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नबिल बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

नबिल बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

अर्थ प्लस
नबिल बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

काठमाडौं , मंसिर २७ । नबिल बैंक लिमिटेडको ४०औं वार्षिक साधारणसभा आज बस्दैछ।  सभा  प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभामा गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने एजेन्डा पेश हुनेछ।

त्यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आर्थिक बर्षमा  संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने एजेन्डा पनि सभामा पेश हुनेछन्।

साथै, गत आवका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालककको निर्वाचन गर्ने एजेण्डा रहेको छ।

सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक गरिसकेको छ। तसर्थ  मंसिर ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार