Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको भाउ तोलामा ८ रुपैयाँले बढ्दा सस्तियो चाँदी, तोलामा कति ?

सुनको भाउ तोलामा ८ रुपैयाँले बढ्दा सस्तियो चाँदी, तोलामा कति ?

अर्थ प्लस
सुनको भाउ तोलामा ८ रुपैयाँले बढ्दा सस्तियो चाँदी, तोलामा कति ?

काठमाडौं, मंसिर २८ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ५२ हजार २ सय रुपैयाँ थियो ।  

यता, चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँले घटेको महासङ्घले जानकारी दिएको छ । यसअघि तोलामा १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय ६० रुपैयाँ पर्नेछ । 

सम्बन्धित समाचार