Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

अर्थ प्लस
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं, मंसिर ३० । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ४० रुपैयाँ, भारतिय सुकेको प्याज ९१ रुपैयाँ रहेको छ । 

यसैगरी आलु रातोको ५५, आलु सेतोको ५२, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मुल्य ५०, काउली स्थानीयको ८० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, लौका ६०, घिरौला ८० रुपैयाँ, तितो करेला ९० रुपैयाँ, लोकल परवर ६० रुपैयाँ कायम भएको छ । भिण्डी ८० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला १३० रुपैयाँ,पिंडालू ६० रुपैयाँ र स्कूसको मूल्य २५ कायम भएको छ । 
रायो सागको मूल्य २० रुपैयाँ  छ । 

तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९० रुपैयाँ रहेको छ ।  कन्य च्याउ १८०, डल्ले च्याउ ३००,कुरीलो १००० रुपैयाँ र ब्रोकाउली ९० रुपैयाँ छ । त्यस्तै, अनारको ३५० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १३० रहेको छ ।

 

 

सम्बन्धित समाचार