Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयाेजना

एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयाेजना

अर्थ प्लस
एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयाेजना

काठमाडाैं, पुस ३ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी) सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयाेजना गरेको छ ।

एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित रहेको बैंकले जनाएको छ ।

सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए । आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित समाचार