Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

एनपीएल फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

एनपीएल फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

अर्थ प्लस
एनपीएल फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौँ , पुस ६ ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ । 

फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् । 

सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन् ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो । 

पटकपटकको हारको बदला लिनका लागि जनकपुर असक्षम देखिँदैन । सुदूरपश्चिमसँग भएका दुई भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ । 

सम्बन्धित समाचार