Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अमेरिकी डलरको भाउ स्थिर हुँदा बढ्यो जापानी येन, रियालदेखि दिनारसम्म, विनिमय दर

अमेरिकी डलरको भाउ स्थिर हुँदा बढ्यो जापानी येन, रियालदेखि दिनारसम्म, विनिमय दर

अर्थ प्लस
अमेरिकी डलरको भाउ स्थिर हुँदा बढ्यो जापानी येन, रियालदेखि दिनारसम्म, विनिमय दर

काठमाडौं, पुस ८ । नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, कुवेती र बहराइन दिनार तथा ओमनी रियाललगायतको भाउ बढेको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर १३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६०  पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ६२ पैसा, ओमानी रियाल एकको खरिदर ३५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । 

सम्बन्धित समाचार