Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको मौसमः चार प्रदेशमा साँझ फाटफुट वर्षाको सम्भावना

आजको मौसमः चार प्रदेशमा साँझ फाटफुट वर्षाको सम्भावना

अर्थ प्लस
आजको मौसमः चार प्रदेशमा साँझ फाटफुट वर्षाको सम्भावना

काठमाडौं, पुस २१ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाकारण अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मध्य र पश्चिम तराईका थोरै स्थानहरुमा भने हुस्सु र कुहिरो लागिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्र र पहाडी क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । आज राति भने गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा बदली रही हल्का वर्षाको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार