Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ प्लस
एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न

२०८१ पुष २५ गते 

काठमाडौं । एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीलगायतको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार गोयलज्यू को सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार