Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज क्षेत्रपाटी, थापाथली, त्रिपुरेश्वर, सतुङ्गलगायतका यी स्थानमा बत्ती जाने

आज क्षेत्रपाटी, थापाथली, त्रिपुरेश्वर, सतुङ्गलगायतका यी स्थानमा बत्ती जाने

अर्थ प्लस
आज क्षेत्रपाटी, थापाथली, त्रिपुरेश्वर, सतुङ्गलगायतका यी स्थानमा बत्ती जाने

काठमाडौं, पुस २७ । आज काठमाडौँका विभिन्न स्थानमा बत्ती जाने भएको छ । एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा बत्ती जाने जानकारी दिएको हो । लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 
  
प्राधिकरणका अनुसार  क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइनमार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफर्मर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुनेछ । सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन जानेछ । 

यसैगरी, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड ट्रेड सेन्टर, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि लाइन जाने बताइएको छ । 

प्राधिकरणको सूचनाअनुसार त्रिपुरेश्वर फिडरअन्तर्गत पर्ने टेकु सवस्टेशन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि विजुली कटौती हुने सूचनामा उल्लेख छ।

सूचनाअनुसार थापाथली फिडर अन्तर्गत प्रसुतीगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि एक बजेदेखि पाँचबजेसम्म लाइन काटिनेछ ।

note.JPG

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयसीमा भन्दा पहिल्यै लाइन पुनः सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ । लाइन कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । 

सम्बन्धित समाचार