Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा : तीन जना सञ्चालक निर्विरोध चयन

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा : तीन जना सञ्चालक निर्विरोध चयन

अर्थ प्लस
माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा : तीन जना सञ्चालक निर्विरोध चयन

आइतवार, पुस २८ २०८१
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २६औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । होटल पोखरा ग्राण्ड, पोखरामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित गर्दै बैंकले सभा सम्पन्न गरेको हो । उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेका छ ।

बैंंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य व्यक्त गरेका सो समारोहमा अर्का सञ्चालक मुकुन्द महतले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।

सभामा बोल्दै बैंकका अध्यक्ष रोशन के.सीले प्रविधिको विकाससँगसँगै  यसमा देखा परेका चुनौतीहरूलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरूलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पु-याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको जानकारी दिए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै  अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।

उक्त साधारण सभामा बैंकको संस्थापक सेयरधनीको तर्फबाट पूर्व बन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो एंव समाजसेवी प्रेमकुमारी के.सी.ले पनि सहभागिता जनाएका थिए भने अन्य संस्थापक एंव साधारण शेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार