Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाली बजारमा भित्रीयो ‘दीपल एस ०७ एल’ कति पर्छ मूल्य ?

नेपाली बजारमा भित्रीयो ‘दीपल एस ०७ एल’ कति पर्छ मूल्य ?

नेपाली बजारमा भित्रीयो ‘दीपल एस ०७ एल’ कति पर्छ मूल्य ?

२०८१,माघ ४ गते

काठमाडौँ । नेपाली बजारमा एमएडब्लू वृद्धिले चांगन मोटर्सको नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस ०७ एल’ सार्वजनिक गरेको छ। यो मोडल अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट पर्फर्मेन्सका कारण चर्चा बटुल्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यसअघि सार्वजनिक गरिएको दीपल एस ०७ को सफलता पश्चात् यो अपडेटेड भर्सन बजारमा ल्याइएको हो।

दीपल एस ०७ को ७०० भन्दा बढी युनिट बिक्री भइसकेको र नयाँ दीपल एस ०७ एलले ईभी क्षेत्रको रेन्ज र पर्फर्मेन्सलाई थप उचाइमा पुर्याउने दाबी गरिएको छ।

दीपल एस ०७ एलमा १६० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर रहेको छ, जुन पहिलेको रेगुलर भर्सनको तुलनामा ६० किलोवाट बढी शक्तिशाली हो। यसमा ७९.९ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ।

स्पीड र पर्फर्मेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको यस एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ६.६ सेकेन्डमा हासिल गर्छ। यसको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा रहेको छ।

यो एसयूभीमा मोटर र ब्याट्रीको क्षमता बाहेकका अन्य फिचरहरू पनि उल्लेखनीय छन्। यसमा फ्रेमलेस डोर, २० इन्चका ठूला टायर, र बोल्ड एक्सटेरियर डिजाइन रहेको छ। क्याबिनभित्र १५.६ इन्चको सनफ्लावर टचस्क्रीन, क्वालकम स्नेपड्रागन ८१५५ चिपसेट, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, र जेस्चर कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधि उपलब्ध छन्।

सुरक्षाका लागि यसमा एआइसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मनिटरिङ र ३६० डिग्री पानोरामिक क्यामेरा जस्ता फिचरहरू समावेश गरिएको छ।

कति छ त येस्को मुल्य ?

दीपल एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, प्रारम्भिक अफरअन्तर्गत १५ दिनभित्र खरिद गर्ने ग्राहकले ८१ लाख ९९ हजार रुपैयाँमा यो एसयूभी किन्न सक्नेछन्।

कम्पनीका अनुसार दीपल एस ०७ एलले नेपाली ईभी बजारमा उच्चस्तरीय पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिको अनुभव प्रदान गर्नेछ। कार्यक्रममा बोल्दै एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले दीपल एस ०७ एल निकै गुणस्तरीय भएको हुँदा उत्कृष्ट बजार पाउने बताए । उनले भने, दीपल एस ०७ ले उत्कृष्ट बजार पाएको छ । सोहि गाडिको अपग्रेड दीपल एस ०७ एल हो । निकै गुणस्तरीय गाडि छ । रेन्ज पनि निकै उत्कृष्ट छ । यसले नेपाली अटो बजारमा लोकप्रिय हुनेछ ।

सम्बन्धित समाचार