Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

के सन्दीप लामिछानेले क्रिकेटबाट सन्यास लिन लागेका हुन् त  ?

के सन्दीप लामिछानेले क्रिकेटबाट सन्यास लिन लागेका हुन् त  ?

अर्थ प्लस
के सन्दीप लामिछानेले क्रिकेटबाट सन्यास लिन लागेका हुन् त  ?

२०८१,माघ  ६ गते
काठमाडौँ। नेपाली किक्रेटर सन्दीप लामिछानेको फेसबुक पोष्टले यतिवेला आम खेलप्रेमीबीचमा कौतुहलता ल्याएको छ । मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

लामिछानेले गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पिनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ ।

लामिछानेले लेखेका छन्, “यी सबै कुराको लागि सबैजनालाई धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । तपाईँहरूको यो माया र हौसला मेरा लागि सबथोक हो । जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ ।”

अङ्ग्रेजी भाषामा सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले नेपालका आफ्ना समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अड्कलबाजी पनि लगाएका छन् ।

सम्बन्धित समाचार