Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नयाँ थप्नु भन्दा पुराना आयोजना पूरा गर्नु अहिलेको आवश्यकता होस् : मन्त्री दाहाल

नयाँ थप्नु भन्दा पुराना आयोजना पूरा गर्नु अहिलेको आवश्यकता होस् : मन्त्री दाहाल

नयाँ थप्नु भन्दा पुराना आयोजना पूरा गर्नु अहिलेको आवश्यकता होस् : मन्त्री दाहाल

२०८१,माघ  ६ गते
नेपालगन्ज। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरू थप्नु भन्दा सुरु भएका योजनाहरू पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

श्रोत साधन र आवश्यकता अनुसार सरकारले नयाँ योजनाहरू थप्दै जान सक्ने भए पनि थालिएका योजनाहरू अलपत्र पारिने क्रम अव अन्त्य हुनु पर्ने उनको भनाइ छ ।

नेपालगन्जमा आयोजित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतका कार्यालय प्रमुखहरू सहभागी कार्यशालाको आइतबार उद्घाटनका क्रममा  उनले ‘क्रोनिक’ आयोजना तथा योजनाहरूलाई प्राथमिकता दिएर पूरा गर्न समेत उनले निर्देशन दिए।

‘सरकारले आफूसँग भएको श्रोत साधन तथा आवश्यकता अनुसार नयाँ योजना तथा आयोजनाहरू नियमित रूपमा थप्ने र ल्याउने नियमित प्रक्रिया हो’ मन्त्री दाहालले भने, ‘तर अब नयाँ योजना र आयोजनाहरू थप्न तर्फ भन्दा थालिएका कामहरू पूरा गर्न तर्फ जोड दिनु होला, अवरुद्ध र क्रोनिक आयोजनाका कारण नागरिकमा निराशा बढ्ने स्थिति आउनु हुँदैन ।’

डिभिजन तथा आयोजना कार्यालयहरूले गर्नु पर्ने काम र अघि बढाउनु पर्ने प्रक्रियालाई गति दिन निर्देशन दिँदै उनले नीतिगत तथा कानुनी समस्याका कारण कार्यसम्पादनमा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने तर काम अवरुद्ध हुन नदिइने समेत बताए । अहिले प्रमुख दलहरू सहभागी भई स्थिर सरकार बनेको भन्दै उनले अहिलेको सरकारलाई असफल हुने छुट नभएको पनि बताए । 

सम्बन्धित समाचार