२०८१,माघ ६ गते
काठमाडौँ। नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत ६० अर्ब तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि राष्ट्र बैंकले ६० अर्ब तान्ने भएको छ ।
केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत तरलता झिक्न लागेको हो ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकम थुप्रिएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत खिच्दै आएको छ ।
आइतबार बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ(ब्याज २७ माघमा भुक्तानी हुनेछ । निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
उक्त उपकरण राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ ।निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अंकसम्म उल्लेख गर्नु पर्नेछ ।
