Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पश्चिमी वायु र न्युन चापीय प्रणालीको प्रभाव : कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली, तराईमा हुस्सु र कुहिरो

पश्चिमी वायु र न्युन चापीय प्रणालीको प्रभाव : कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली, तराईमा हुस्सु र कुहिरो

अर्थ प्लस
पश्चिमी वायु र न्युन चापीय प्रणालीको प्रभाव : कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ, माघ ७ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । मधेश प्रदेशको पश्चिमी तराईका भूभाग र लुम्बिनी प्रदेशको पूर्वी तराइका केही भूभागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । भोलि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेको छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार