Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्बमाथि, प्रतिशेयर आम्दानी कति ?

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्बमाथि, प्रतिशेयर आम्दानी कति ?

अर्थ प्लस
ग्लोबल आइएमई बैंकको नाफा ३ अर्बमाथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ, माघ ७ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो तैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार अधिकांश सूचकमा उल्लेख्य प्रगती भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा नाफा ४९.५१ प्रतिशतले बढी हो।

बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्ष ४ अर्ब १३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष २ अर्ब २० करोड रुपैयाँमा झरेको छ । इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो

पुस मसान्तसम्म आइपुदा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको कम्पनीको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ ।

सम्बन्धित समाचार