Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

विकास बैंकको नाफा १४.७८ प्रतिशत बढ्यो, कसले कमाए कति?

विकास बैंकको नाफा १४.७८ प्रतिशत बढ्यो, कसले कमाए कति?

अर्थ प्लस
विकास बैंकको नाफा १४.७८ प्रतिशत बढ्यो, कसले कमाए कति?

काठमाडौं, माघ ७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जसले अघिल्लो वर्षको तुलनामा १४.७८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुले २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियो ।

८ वटा बैंकमा २ वटाको नाफा घटेको छ भने बाँकी ६ वटाको बढेको छ । साइन रेसुुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको नाफा घट्दा सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा, महालक्ष्मी विकास, ज्योति, गरिमा र मुक्तिनाथ विकास बैंकको नाफा बढेको छ ।

सबैभन्दा बढी नाफा गरिमा विकास बैंकको ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा ७.१६ प्रतिशतले बढेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६.१० प्रतिशतले बढेर १९ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा १० करोड २ लाख ३३ हजार रहेको थियो । कामना सेवा बैंकको नाफा २४.५५ प्रतिशतले बढेर ३२ करोड २४ लाखरुपैयाँ कायम भएको छ । गत आवको पुस मसान्तमा २५ करोड ८९ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

महालक्ष्मी विकास बैंकको नाफा ३.४० प्रतिशतले बढेर २८ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा २७ करोड ८० लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

ज्योति विकास बैंकको नाफा १४७.५७ प्रतिशतले बढेर २५ करोड १ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा १० करोड १० लाख ३४ हजार रहेको थियो । मुक्तिनाथ विकास बैंकको नाफा १९.७९ प्रतिशतले बढेर ५० करोड ३१ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४२ करोड १७ हजार रहेको थियो ।

यस्तै, शाइन रेसुुङ्गा डेभलपमेन्ट बैंकको नाफा १०.८७ प्रतिशतले घटेर ३३ करोड ८ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा ३७ करोड १२ लाख ७ हजार रहेको थियो । लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेर १४ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा २१ करोड २२ लाख ६९ हजार रहेको थियो ।

सम्बन्धित समाचार