Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
हेटौँडा उपमहानगपालिकाले ६ महिनामा उठायो १९ करोड ७४ लाखभन्दा बढी राजस्व

हेटौँडा उपमहानगपालिकाले ६ महिनामा उठायो १९ करोड ७४ लाखभन्दा बढी राजस्व

हेटौँडा उपमहानगपालिकाले ६ महिनामा उठायो १९ करोड ७४ लाखभन्दा बढी राजस्व

हेटौँडा उपमहानगपालिकाले ६ महिनामा उठायो १९ करोड ७४ लाखभन्दा बढी राजस्व

२०८१,माघ ८ गते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आ.व.को साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा रु १९ करोड ७४ लाख ३७ हजार ९ सय ९३ राजस्व संकलन गरेको छ । यो अघिल्लो आ.व २०८०/८१ को सो अवधिको तुलनामा संकलन गरेको भन्दा तीन करोड १२ लाख बढी हो ।

सो चालु आ.व को छ महिनामा सम्पत्ति करबाट चार करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट रु दुई करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट रु दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट रु एक करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट रु एक करोड ८३ लाख ११ हजार राजस्व संकलन भएको प्रमुख सुवेदीले जानकारी दिए ।

अघिल्लो आ.व २०८०/८१ को सो अवधिमा उपमहानगरपालिकाले रु १६ करोड ६२ लाख ८६ हजार राजस्व संकलन गरेको थियो । बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको छ महिनामा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

 

सम्बन्धित समाचार