Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपालको अटोमोबाइल क्षेत्रको विकासका लागि भारतमा त्रिपक्षीय सम्झौता

नेपालको अटोमोबाइल क्षेत्रको विकासका लागि भारतमा त्रिपक्षीय सम्झौता

नेपालको अटोमोबाइल क्षेत्रको विकासका लागि भारतमा त्रिपक्षीय सम्झौता

२०८१,माघ ८ गते

नेपालको अटोमोवाइल क्षेत्रको तालिम तथा क्षमता विकास लगायतका कार्यक्रममा साझेदारी गर्न नेपाल भारतका तीन पक्षीय निकायबीच समझदारी भएको छ।

भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (एनएडिए), अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडिसी) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिएमए) बीच चार बुँदे त्रिपक्षीय सम्झौता गरिएको हो।

यो सम्झौताले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिङ र डिलरसिप क्षेत्रमा सिप विकासलाई प्राथमिकता दिँदै तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रशिक्षक, मूल्यांकनकर्ता र व्यवसायीहरूलाई लक्षित यी तालिम कार्यक्रमले अटोमोबाइल उद्योगमा दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

अटोमोटिभ उद्योग प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण क्षेत्र हो।

यस उद्योगको विकासका लागि तालिमको स्तर वृद्धि, पूर्वाधार सुदृढीकरण र सिप विकासलाई मुख्य प्राथमिकता दिइने उल्लेख समझदारीमा छ।

नेपालका अटोमोटिभ व्यवसायीहरूलाई समयसापेक्ष दक्षतासहित अघि बढाउन आवश्यक पाठ्यक्रम विकास, तालिमको कार्यान्वयन र मूल्यांकन प्रणालीलाई आधुनिक बनाउन भारतको अनुभव र प्रविधिको उपयोग गरिने नाडाका प्रतिनिधिहरूले बताएका छन्।

यो सम्झौता नेपाल र भारतबीचको अटोमोबाइल क्षेत्रमा दीर्घकालीन सहकार्यको आधारशीला सावित हुने विश्वास लिइएको छ

सम्बन्धित समाचार