Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

अर्थ प्लस
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, माघ ९ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अस्वाभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै विस्तृत अध्ययन गरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण गर्न तथा नियमित‍रूपमा परीक्षण गर्न मूल्य निर्धारणसम्बन्धी प्रविधिको विकास गर्दै प्रयोगमा ल्याउन उद्योग मन्त्रालय र सम्बन्धित निकायलाई समितिले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार