Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

भारतमा किशोरीको सामुहिक बलात्कारपछि हत्या प्रकरणः पाँच जनालाई मृत्युदण्डको सजाय

भारतमा किशोरीको सामुहिक बलात्कारपछि हत्या प्रकरणः पाँच जनालाई मृत्युदण्डको सजाय

अर्थ प्लस
भारतमा किशोरीको सामुहिक बलात्कारपछि हत्या प्रकरणः पाँच जनालाई मृत्युदण्डको सजाय

काठमाडाैं, माघ ११ । भारतको एक अदालतले किशोरीको विभत्स सामुहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको पनि हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०२१ को जनवरीमा ती पुरुषहरूले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामुहिक बलात्कार गरेका थिए । परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरेका थिए ।

सरकारी वकिल सुनिलकुमार मिश्रले एएफपीलाई बताएअनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या गरेका थिए ।

केही दिनपछि गाउँलेले अचेत अवस्थामा फेला पारेकी किशोरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको मिश्रले बिहीबार बताए ।

छैटौं व्यक्तिलाई अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो, तर बलात्कारमा उसको संलग्नता प्रमाणित भएन, त्यसैले उसलाई हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको’ उनले बताए ।

गत अगष्टमा सरकारी अस्पतालमा उनको रगताम्य शव फेला परेपछि राष्ट्रव्यापी आक्रोश र महिला हिंसाको दीर्घकालीन मुद्दालाई लिएर विरोध प्रदर्शन भएको थियो । सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो ।

गत हप्ता दक्षिणी राज्य केरलामा एक किशोरीमाथि पटक–पटक यौन दुव्र्यवहार गरेको आरोपमा चार दर्जनभन्दा बढी पुरुषलाई पक्राउ गरिएको थियो ।

सम्बन्धित समाचार