Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमाबापत १० लाख हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमाबापत १० लाख हस्तान्तरण

अर्थ प्लस
एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमाबापत १० लाख हस्तान्तरण

रुपन्देही, माघ १४ । एनआईसी एशिया बैंक रुद्रपुर शाखाले सडक दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई दुर्घटना बीमा बापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता खोल्ने योजना अन्तर्गत रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर-३ हर्नाचौर निवासी प्रेम बहादुर थापाको खातामा उपलब्ध दुर्घटना बीमा रकम उनकी श्रीमती धन कुमारी थापालाई हस्तान्तरण गरिएको हो ।

बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की र रुद्रपुर शाखाका प्रमुख हरि पौडेलले संयुक्त रुपमा १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश प्रमुख कार्कीले भने, “एनआईसी एशिया बैंक ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको छ र यसैले बैंकले ग्राहकहरूलाई उत्तम सेवाका साथसाथै दुर्घटना बीमा सुविधा पनि प्रदान गर्दै आएको छ।”

एनआईसी एशिया बैंकले ल्याएको आकर्षक सर्वश्रेष्ठ बचत खाता योजनाले दुर्घटनामा परी ज्यान गुमाएका थापा परिवारलाई सहारा दिने कार्य गरेको छ । बैंकले ग्राहकोंलाई बचतको साथसाथै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता योजनाहरू ल्याएको हो, जसले ग्राहकहरूको बीचमा बैंकको लोकप्रियता थप बढाएको छ ।

सम्बन्धित समाचार