Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

अर्थ प्लस
‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

काठमाडौं, माघ १४ । नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानूनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् ।

नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रुपमा मनाउन घोषणा गरेअनुरुप बैंकले सो दिवस मनाएको हो ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाण्डौमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बीच प्रतिज्ञा गराएका हुन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत,अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।

सम्बन्धित समाचार