मंगलवार, माघ १५ २०८१
याङझाउ, चीन । चीनको नयाँ ऊर्जा गाडी (NEV) निर्माण गर्ने अग्रणी कम्पनी BYD ले 'BYD Shenzhen' सार्वजनिक गरेको छ । जुन संसारकै ठूलो रोल-अन/रोल–अफ (ro–ro) कार क्यारियर भएको दावी गरिएको छ । उक्त जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ र यो BYD को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम हो ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज LNG डुअल–फ्युल प्रविधि, BYD का अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । यी प्रविधिले 'BYD Shenzhen' लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ ।
'BYD Shenzhen' ले BYD को बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ । यसअघि BYD Explorer No.१,’ ‘BYD Hefei’ र ‘BYD Changzhou’ जस्ता जहाजहरूले ७ हजारदेखि ९ हजार २०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा NEV आपूर्ति गरेका थिए ।
BYD ले २०२६ सम्म आफ्नो जहाज सङ्ख्या ८ पु¥याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पु-याउनेछ ।
२०२४ मा, BYD ले ४ लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा, BYD नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ ।
