Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुन-चाँदीको मूल्य बढ्यो

सुन-चाँदीको मूल्य बढ्यो

सुन-चाँदीको मूल्य बढ्यो

२०८१,माघ १६ गते

काठमाडौँ । लगातार घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । मङ्गलबारको तुलनामा आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो । त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ ।

यसअघि छापावाल सुन तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । 

यता, चाँदीको भाउ पनि तोलामा १ हजार ८५५ रुपैयाँ पुगेको छ । यसअघि तोलामा १ हजार ८३५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार