Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एमएडब्लु वृद्धिले सोमबारबाट गर्दैछ चितवनकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्टड्राइभ क्याम्प’

एमएडब्लु वृद्धिले सोमबारबाट गर्दैछ चितवनकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्टड्राइभ क्याम्प’

एमएडब्लु वृद्धिले सोमबारबाट गर्दैछ चितवनकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्टड्राइभ क्याम्प’

आइतवार, माघ २० २०८१
चितवनर । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेरयो क्षेत्रकै सबै भन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ।

एमएडब्लु वृद्धिले भरतपुर, चितवन स्थित सिमटी रेसोटमा आउँदो २१ माघदेखि २३ माघसम्म तीन दिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो।

यो मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाइने छ । साथै, ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमए डब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न  सक्नेछ । यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने जनाएको छ ।

‘अनस्पट फाइनान्सिंग’को व्यवस्था पनि गरिएको छ । साथै, सेरेस र नामीलाईआकर्शक ब्याजदरमा घर लान  सकिनेछ ।यीअफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’कोमज्जा लिन सक्नेछन् ।

एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचार