Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभीटी र नाडाबीच सहमति

नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभीटी र नाडाबीच सहमति

नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभीटी र नाडाबीच सहमति

नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभीटी र नाडाबीच सहमति

२०८१,माघ २२ गते
काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ९एनएभीटी० र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालबीच सहमति भएको छ ।

मंगलबार ​​​​​​ काठमाण्डौँमा एनएभीटी र नाडाका प्रतिनिधिहरूबीच नेपालको अटोमोबाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको छ ।

सहमतिअनुसार आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजनागरी आवश्यक सुधार समेत गर्ने, दुवै संस्थाहरूले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने, उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमता बीचको खाडल पूरा गर्ने र  लेवल एकबाट तालिमको शुरुआत गर्ने र क्रमसः लेवेल दुईमा जाने भनिएको छ ।

यसैगरी आवश्यकता अनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने, तालिम र पाठयक्रम निर्माणका लागि एनएभीटीले नाडासँग सहमति गरी ९एमओयु० अघि बढाउने पनि सहमति भएको नाडाले जनाएको छ ।

उक्त छलफलमा नाडाकातर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो । 

सम्बन्धित समाचार