Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

महुली लघुवित्तले बोलायो मर्जर प्रस्ताव सहित साधारणसभा

महुली लघुवित्तले बोलायो मर्जर प्रस्ताव सहित साधारणसभा

अर्थ प्लस
महुली लघुवित्तले बोलायो मर्जर प्रस्ताव सहित  साधारणसभा

काठमाडौं, माघ २४ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा आउदो फागुन २३ गते शुक्रबार बोलाएको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्नेछ।

त्यसैगरी एफपीओ निष्कासनबाट प्राप्त रकमलाई चुक्ता पूँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

 

 

 

सम्बन्धित समाचार