Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनआईशी एशिया बैंकको साधारणसभा आह्वान

एनआईशी एशिया बैंकको साधारणसभा आह्वान

एनआईशी एशिया बैंकको साधारणसभा आह्वान

२०८१,माघ २९ गते
काठमाडौं। एनआईशी एशिया बैंकको साधारणसभा आह्वान भएको छ । बैंकले आगामी फागुन २२ गते काठमाडौंको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्नेगरी २७ औं साधारणसभा बोलाएको हो । उक्त साधारणसभा उक्त दिन बिहान ९ बजे बस्नेछ ।

बैंकले यसपटक पुँजी वृद्धि गर्ने प्रस्ताव समेत ल्याएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गरेको छ । हाल १४ अर्ब ९१ करोड रुपैयाँ रहेको चुक्ता पुँजीलाई बैंकले अभिमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरेर १९ अर्ब ९१ करोड रुपैयाँ पुर्याउन लागेको हो ।त्यस्तै, बैंकले अधिकृत पुँजीलाई पनि १४ अर्ब ९२ करोडबाट बढाएर १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ ।

साधारणसभा प्रयोजनको लागि बैंकले फागुन ८ गतेदेखि फागुन २२ गतेसम्मका लागि शेयरधनी किताब खाता बन्द गर्ने जनाएको छ । यसपटक बैंकले लाभांश वितरणको प्रस्ताव गरेको छैन । 
 

सम्बन्धित समाचार