Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनसेल उत्कृष्ट बहुर्राष्ट्रिय कम्पनीको रूपमा सम्मानित

एनसेल उत्कृष्ट बहुर्राष्ट्रिय कम्पनीको रूपमा सम्मानित

एनसेल उत्कृष्ट बहुर्राष्ट्रिय कम्पनीको रूपमा सम्मानित

२०८१,फागुन १६ गते
काठमाडौँ। एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो ।

यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक समर्पणलाई दर्शाउँछ ।

एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए ।

यो अवार्ड एनसेलले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो ।

एनसेल सधैँ कर्पोरेट उत्कृष्टताका मापदण्डहरू कायम राख्न प्रतिबद्ध छ, जसले नेपालका व्यवसायिक जगतका लागि एउटा मापदण्ड स्थापित गर्दछ ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ सम्ममा रु. ३२० अर्ब भन्दा बढी राजश्व राज्यलाई योगदान गरेको छ र यसैगरी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा रु. २ अर्ब भन्दा बढीका परियोजनाहरू सञ्चालन गरि आर्थिक सामाजिक विकासमा योगदान गरेको छ ।

यी कार्यहरूले एनसेल नेपालको आर्थिक, सामाजिक र सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा प्रतिबद्ध रहेको कुरालाई स्पष्ट पार्दछ । 

 

सम्बन्धित समाचार