Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कुमारी बैंकका ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट पाउने

कुमारी बैंकका ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट पाउने

कुमारी बैंकका ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट पाउने

२०८१,फागुन १९ गते

काठमाडौँ। कुमारी बैंक लिमिटेडले बालुवाटार, काठमाडौँस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबिच क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिदैँ आएका सेवाहरूमा ग्राहकहरूले प्यथोलोजी टेस्टमा १० प्रतिशत,, MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram (OPG) and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram  मा ५ प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशतदेखि १० प्रतिशतसम्मको छुट पाउनेछन् । 

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार