Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’अवार्डबाट सम्मानित

नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’अवार्डबाट सम्मानित

अर्थ प्लस
नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’अवार्डबाट सम्मानित

सोमवार, फागुन १९ २०८१
काठमाडौँ र नेपाल एसबिआई बैंक लिमिटेड ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । बैंकले कर्पोरेट क्लब नेपाल प्रा.लि.द्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको उक्त अवार्ड प्राप्त गरेको हो ।

उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्त्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो ।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमूख सञ्चालन अधिकृत, विकास आनन्दलाई प्रा.डा. फत्त बहादूर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्याक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, ६६ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 

सम्बन्धित समाचार