Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

दोहोरो अकंले बढ्यो शेयर बजार

दोहोरो अकंले बढ्यो शेयर बजार

दोहोरो अकंले बढ्यो शेयर बजार

काठमाडौं ।  गएको सातादेखि घट्न थालेको नेप्से सूचक लगातार ७ औ कारोबार दिनको गिरावटपछि आठौं दिनमा आएर समालिएको छ । लगातार ७ दिन घट्दा १७१ अंकले तल झरेको नेप्से सूचक बुधबार १७.२८ विन्दुले बढेर २७३६.४८ अंकमा आएको छ ।

बुधबार नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रभु इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ र यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८१ करोड ३६ लाख रुपैयाँबराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ५६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ४९ करोडको शेयर किनबेच भएको छ।

सम्बन्धित समाचार