Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी संशोधन विधेयक प्रस्तुत

व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी संशोधन विधेयक प्रस्तुत

व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी संशोधन विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पेस भएको छ । सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पेस गरेका हुन्।

बैठकमा अर्थमन्त्री पौडेलले विरोधका सूचना राख्ने सांसदहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै प्रस्तुत विधेयकले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्ने तथा लगानी अभिवृद्धिका निम्ति अनकूल वातावरण निर्माण गर्ने स्पष्ट पारे।

बैठकले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रभु साह, शेरबहादुर कुँवर, प्रेम सुवाल, रणेन्द्र बराली, चित्रबहादुर केसी र हितबहादुर तामाङबाट प्राप्त विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

सम्बन्धित समाचार