Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मुस्ताङमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मुस्ताङमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मुस्ताङमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले शनिबार मुस्ताङको घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्बसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने तथा प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गभर्नर अधिकारीले डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नका उपायहरूको बारेमा जानकारी दिए । उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ ।’

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे ।

कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रमा १२० जना भन्दा बढी स्थानीयको उपस्थिती रहेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार