Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

झापा एफसी र हिमालयन बैंकबिच सुपर लिगको लागि आधिकारिक बैंकिङ साझेदारी सम्झौता

झापा एफसी र हिमालयन बैंकबिच सुपर लिगको लागि आधिकारिक बैंकिङ साझेदारी सम्झौता

झापा एफसी र हिमालयन बैंकबिच सुपर लिगको लागि आधिकारिक बैंकिङ साझेदारी सम्झौता

झापा।  झापा फुटबल क्लबले नेपाल सुपर लिग (NSL) २०२५ को लागि हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंकिङ साझेदारको रूपमा घोषणा गरेको छ।

यो साझेदारीले क्लबको वित्तीय तथा सञ्चालन पक्षलाई थप मजबुत बनाउनेछ, जसले गर्दा झापा एफ.सी,उच्च स्तरको प्रतिस्पर्धाको लागि तयारी गर्न अझ बलियो हुनेछ।

नेपालको एक प्रतिष्ठित तथा विश्वासिलो वित्तीय संस्था हिमालयन बैंकले लामो समयदेखि खेलकुद तथा युवा विकासमा योगदान पुर्याउँदै आएको छ।

झापा एफसी सँगको सहकार्यमार्फत बैंकले नेपालको फुटबलको विकासमा टेवा पुर्याउने मात्र नभई समुदाय तथा राष्ट्र विकासमा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

“हामी हिमालयन बैंकलाई हाम्रो आधिकारिक बैंकिङ साझेदारको रूपमा स्वागत गर्न पाउँदा निकै हर्षित छौँ। यस बैंकको विश्वास र समर्थनले हाम्रो क्लबलाई अझ मजबुत बनाउनेछ । साथै, यस साझेदारीले वित्तीय व्यवस्थापनलाई व्यवस्थित बनाउँदै, हाम्रो ध्यान खेलमा केन्द्रित गर्न मद्दत गर्नेछ,” झापा एफसीका महासचिव, सुजन गौतमले भने ।

यसैगरी, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत, अशोक शम्सेर राणा भन्छन्, “झापा एफ।सी। जस्तो प्रतिष्ठित क्लबसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौँ। नेपालमा फुटबलको विकासका लागि हाम्रो संस्थाले निरन्तर योगदान गर्दै आएको छ, र यो साझेदारीले खेलाडीहरूलाई अझ राम्रो अवसर प्रदान गर्नेछ। हामी झापा एफ।सी।लाई नेपाल सुपर लिग २०२५ मा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”

सो रणनीतिक साझेदारीसँगै, झापा एफ.सी र हिमालयन बैंक दुवैले नेपाली फुटबलमा नयाँ कीर्तिमान स्थापित गर्ने, खेल भावना अभिवृद्धि गर्ने तथा आगामी पुस्ताका फुटबलप्रेमीहरूलाई प्रेरित गर्ने लक्ष्य राखेका छन्।

सम्बन्धित समाचार