Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
सेयर बजार

युनाइटेड इदी मार्दीको शेयरमूल्य समायोजन

युनाइटेड इदी मार्दीको शेयरमूल्य समायोजन

युनाइटेड इदी मार्दीको शेयरमूल्य समायोजन

फागुन ४ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर (UMRH) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ५.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजजपश्चात कम्पनीको शेयरमूल्य ३७४ रुपैयाँ ४१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले फागुन १७ गते, बिहीबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सम्बन्धित समाचार