Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रिलायबल नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक

रिलायबल नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक

रिलायबल नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक वर्षको वित्तीय स्थिति र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकिय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले फागुन २६ गते स्वीकृत गरेपछि यस बोनसदरको घोषणा गरिएको हो।

कम्पनीले आफ्नो विभिन्न बीमा योजनाहरूमा नयाँ बोनसदर निर्धारण गरेको छ। रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिहजारको दरमा बोनस दिने निर्णय गरिएको छ। यस्तै, रिलायबल सुलभ जीवन बीमालेख र सुलभ बाल जीवन बीमालेख प्लस योजनामा २५ रुपैयाँदेखि ४१ रुपैयाँसम्म बोनस प्रदान गर्ने निर्णय भएको छ।

साथै, रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) मा २५ देखि २६ रुपैयाँसम्म बोनस दिइने भएको छ भने, लघु सावधिक जीवन बीमालेख र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ३१ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ।

अर्को महत्वपूर्ण अपडेट भनेको सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० र ५५ रुपैयाँ, रिलायबल समुन्नति जीवन बीमा योजनामा २० रुपैयाँदेखि २३ रुपैयाँसम्म र रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख)मा ६० देखि ६५ रुपैयाँसम्म बोनस दिइने भएको छ।

सम्बन्धित समाचार