Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेप्से सूचक दोहोरो अंकले घट्यो

नेप्से सूचक दोहोरो अंकले घट्यो

नेप्से सूचक दोहोरो अंकले घट्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि सेयरबजारमा गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा आइपुग्दा कारोबार रकम पनि ५ अर्ब ४० करोडमा खुम्चिन पुगेको छ।  यसअघि आइतबार नेप्से २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा झरेको थियो भने ६ अर्ब ८३ करोडको कारोबार भएको थियो। 

सोमबार कारोबारमा सामेलमध्ये ८५ वटा सेयरको मूल्य बढ्दा १४५ वटाको घटेको र १३ वटाको मूल्य स्थिर छ। यस दिन ९९ लाख ३५ हजार कित्ता सेयर बिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै, यस दिन एक उपसमूहको परिसूचक स्थिर रहेको छ।

यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत घटेको छ।

यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको महालक्ष्मी विकास बैंकको शेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन घलुम्दी हाइड्रोको शेयरमूल्य साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि- इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने महालक्ष्मी विकास बैंकको करिब साढे २२ करोडको शेयर किनबेच भएको छ।

सम्बन्धित समाचार