Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेप्से झिनो अंकले घट्यो

नेप्से झिनो अंकले घट्यो

नेप्से झिनो अंकले घट्यो

काठमाडौं । मंगलबार नेप्से ७.६६ अंकले घटेर २६९७ को विन्दुमा कायम भएको छ । यस दिन ८२ लाख ३७ हजार ९०२ कित्ता कारोबार हुँदा ४ अर्ब ३४ करोड रुपैयाँमाथि कारोबार भएको छ।

यसदिन अन्य उपसमूह बाहेक बाँकीका सबै १२ वटै उसमूह घटेको छ । नेप्से घटे तापनि मिथिला लघुवित्तको शेयर ९.९६ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी आज हिमालयन पावर पार्टनर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, भूगोल इनर्जी, धौगागिरी लघुवित्त, रिभर फल्स पावर, नेपाल एसबिआई बैंक डिबेन्चर, माउन्टेन हाइड्रो र घलेम्दी हाइड्रोको शेयरमूल्य बढेको छ।

सम्बन्धित समाचार