Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आज फेरि २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

आज फेरि २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

अर्थ प्लस
आज फेरि २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न निक्षेप संकलनको प्रक्रिया निरन्तरता दिएको छ। यही क्रममा, आइतबार (आज) राष्ट्र बैंकले पुनः २० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ।

तरलता व्यवस्थापनलाई सन्तुलित बनाउन राष्ट्र बैंकले हप्तामा दुई पटकसम्म निक्षेप संकलन गर्ने नीति लिएको छ। यसअघि बुधबार मात्र २५ अर्ब रुपैयाँ संकलन भइसकेको थियो।

आजको बोलकबोल प्रक्रिया दिउँसो ३ बजे तोकिएको छ, जसअन्तर्गत २१ दिनको अवधिका लागि बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गरिनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलन प्रतिस्पर्धात्मक ब्याजदरका आधारमा हुनेछ। यसमा बहु ब्याजदरमा बहुबोलकबोलको सुविधा पनि दिइएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।

सम्बन्धित समाचार