Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
सेयर बजार

इष्टर्न सहाराले ३० लाख कित्ता शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

इष्टर्न सहाराले ३० लाख कित्ता शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

इष्टर्न सहाराले ३० लाख कित्ता शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

काठमाडौँ, फाल्गुण ५ । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता शेयर मुल्य रु. १०० दरको ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्बन्धमा गत फागुन १ गते ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाण्डौंमा रहेको छ । कम्पनीले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सिङ्गलाई प्रमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।

हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ । बैंकिङ्ग, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरु, ख्यातिप्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको ग्रीन फाइनान्सिङ्गमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

सम्बन्धित समाचार